Thursday, 19 November 2015

मलेशियामा सेक्युरिटी गार्डमा कार्यरत पुष्कर गुरुङको मृत्यु see more

मलेसियामा सेक्युरिटी गार्ड पुष्कर गुरुङको मृत्युु !

मलेसिया/  सेक्युरिटीमा कामगर्दै आएका पुस्कर गुरुङको मलेशियामा पानीको नालामा डुबेर मृत्यु भएको छ ! हिजो बुधबार १८ नोभेम्बरका दिन दिउँसो १:०० बजे पानीको नालीमा डुबेर मृत्यु भएको अबस्थामा फेलापरेका हुन् ! रोल्पा लिवाङ ८ का पुस्कर गुरुङ  मलेशियाको इजिवे सोलुसन कम्पनीमा सेक्युरिटी गार्डमा कार्यरत थिए !

उनि संगै कार्यरत सुजित कुमार सानुका अनुसार बिहानको ड्युटीबाट खाना खान दिउँसोको १२:२४ बजे (ब्रेकमा) पुष्कर एक्लै निस्केका थिए तर ब्रेक रुममा नगई बाहिर निस्केका रहेछन । बाहिर निस्केको हामि कुनै पनि साथीहरूलाई जानकारी नभएको र हामीलाई उसको मृत्युको खबर पनि मलेसिया बासिन्दाबाट नै जानकारी आएको थियो, उनि संग कार्यरत सुजित बताउनु हुन्छ । खबर पाउने बितिक्कै ड्युटी छोडेर घटना स्थलमा पुग्दा उनि मरिसकेका थिए, पुलिसहरु पनि आइसकेको थिए ।

मृतकको शरीर जाँच गर्दा कुनै पनि बाहिरी अंगभंग वा चोट पटक नभएको पाइएको छ। अहिले शब लाई पोष्टमार्डमको लागि हस्पिटलमा राखिएको छ ।

उनि संग कार्यरत साथीहरुको अनुसार, पुष्कर रक्सी पिएर नै मृत्युु भएको हुन सक्ने आशंका गरिएको छ, किनकि उनि धेरै रक्सी पिउने गर्थे।ड्युटीमा पनि उनि रक्सी नै पिएर जाने उनका सहकर्मीहरुले बताउछन ।

मलेसियामा उनि घरबाट आएको पनि भर्खर तीन महिना जति मात्रै भएको मलेसिया बाट सुजित बताउछन ।

No comments:

Post a Comment