Saturday, 21 November 2015

दुर्घटनामा परि युवकको मृत्यु see more www.Nicnepal.blogspot.com

पूर्व पश्चिम राजमार्गकोे कञ्चनपुरको झलारी–कलुवारपुर खण्डमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । 
 
धनगढीबाट भीमदत्तनगर आउँदै गरेको से२प ४१९१ नम्बरको मोटरसाइकल कलुवापुरमा दुर्घटना हँुदा मोटरसाइकल चालक डडेल्धुराको भद्रपुर गाविस–९ का २१ वर्षीय शिवराज पाण्डेयको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । 
 
मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका पाण्डेयको उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर सेठीले बताउनुभयो । प्रहरीका अनुसार मृतक डडेल्धुरा स्थायी घर भए पनि धनगढी बस्दै आएका थिए । रासस 

No comments:

Post a Comment