तस्वीर र भनाई आफैं बोल्छ!
अब्दुस मियाँको यस्तो सकारात्मक सोचकालागि धेरैधेरै धन्यवाद! २१/२२ वर्षका यस्ता युवामा यस्तो सोच आएपछि पो अनि बन्छ देश!
पुर्ण लेख कान्तिपुरमा: http://kantipur.ekantipur.com/news/2015-10-30/20151030135223.html
"मितेरी साइनोको प्रभाव वर्तमान समयमा पहाड र मधेसबीचको मन दुखाइको मल्हम बन्न सक्छ । बिगतमा भएका गल्तिहरुप्रति माफी माग्ने अनि नयाँ सम्बन्ध बिस्तार गर्ने कडी बन्न सक्छ । भावनाहरु तबमात्र पोखिन्छन् जब आफ्नाहरु वरपर हुन्छन् । यो संस्कार अमुल्य छ, यसलाई अभियान बनाऔं । पढेलेखेका तपाईं र म जस्ता युवाले मधेसी भए पहाडीसँग र पहाडी भए मधेसीसँग मीत लगाउन सुरु गरौं । सम्बन्धहरु सुमधुर बनाऔं । नसकिने के छ र ?"
No comments:
Post a Comment