धन कमाउँने मिठो सपना साँचेर बिदेशीने नेपालीहरुले, बिदेशी भूमि मै धुमधामसँग दिपावली गर्ने भएका छन् । फ्लासटोनिक टेक्नोलोजी मलेसियामा कार्यरत नेपालीहरुले उक्त कार्यक्रमको आयोजना गर्न लागेका हुन् । आठ लाख बराबर नेपाली पैसाको लागतमा आयोजना गरिने कार्यक्रममा सहभागिहरुले लक्ष्मिपूजा सम्पन्न गरे पश्चात लोकसंस्कृति झल्कने नृत्य, द्यौसी भौलो, गीत, गजल, कविता, हाजिरीजवाफ प्रतियोगिता, घैटो फोर, म्यूजिकल चेर्यस, चम्चा दौड प्रस्तुत गर्नेछन् ।
कार्यक्रमलाई भब्य र सभ्य सँग सम्पन्न गर्नका लागि २२ सदस्यीय कार्यसमिती बनाईएको छ । रुपेस कार्की (सिराह) को अध्यक्षतामा गठित कार्यसमितीहरुमा उपाध्यक्ष राज कुमार श्रेष्ठ (धनुषा), उपाध्यक्ष सुरेन्द्र झा (महोत्तरी), कोषाध्यक्ष नागेश्वर राजबंसी (झापा), सचिब सिब पराजुली ‘गुरु’.(मोरंग) उप सचिब प्रदीप नेपाल (नुवाकोट), सह सचिब राजकुमार यादब सदस्यहरू देब खबास (नवलपरासी), ओम राज ठकुरी (तँनहु), राजकुमार कामैयत (सप्तरी), अक्षयलाल (बारा), राजेस खत्री (बारा),अमिन्द्र चौधरी (सर्लाही), राजेन्द्र तिम्ल्सिना (सिन्धुपालचोक), प्रताप ओली (रुकुम), तेजु गौतम (बाँंके), केसब कँडेल (बर्दिया),ओमकान्त धमला (मोरंङ्), अग्नि आचार्य (मोरङ्), सिबजी मुखिया (जनकपुर), टिका खनाल (इलाम) राजन बिस्ट (भोजपुर), राजेस साहानी (पर्सा), कुन्धन आमात्य (मोरङ्), मनिस लामा (कास्की), सुरेस खवास (मोरङ्), सल्लाहकारमा सन्ुंदर श्रेष्ठ (संखुवासभा), नरेस सापकोटा (झापा), बिक्रम गौतम (झापा), प्रेम भुसाल (दांङ्), बिजय शर्मा.(गुल्मी) छन । समितीले कार्यक्रमलाई ऐतिहासिक बनाउँनका लागि तयारी तिव्र पारिरहेको छ ।
हामी जहाँ भए पनि हाम्रो मन नेपालमै छ । सम्पूर्ण देश नै चाडपर्वको रौनकमा रमाएको बेला हामी खाडिमा पसिना बगाउँदै छौ । यहि पिडालाई विर्सन पनि यो कार्यक्रमको आयोजना गर्नु परेको अध्यक्ष कार्की बताउँछन् । भन्छन् – ‘यसले हाम्रो धर्म,संस्कृतिलाई पनि विश्व सामू परिचित गराउँदछ ।’ कार्यक्रमको लागि कम्पनिले पनि पर्याप्त सहयोग गरेको एक सहभागि बताउँछन् भन्छन्– ‘कामदारहरुको चाडपर्वलाई उनीहरुले पनि महत्वका साथ हेरीरहेका छन् ।’ बिदेशी भूमिमा बसेर पनि आफ्नो धर्म, संस्कृतिको पालना गरि खुसियाली साटासाट गर्नु सम्मानजनक काम भएको लेखक तथा कबि तारा पराजुली बताउँछीन । भन्छिन्– ‘हरेक नेपालीले आफ्नो संस्कृतिलाई आत्मिक ढङ्बाट मनन गरे हामी नेपालीको छवि संसारमै उत्कृष्ट हुने थियो ।’
Monday, 9 November 2015
यसपालिको तिहार पनि प्रदेशमा
नाङ्लो भरि सेल होस
टाउको भरि तेल होस
घरमा लक्षमीको बाँस होस
खल्ति मा पैसाको रास होस
कहिले पिडा नहोस
देउसी भैलि खेल होस
हिन्दुहरुको महान चाड तिहारको शुभ अवसरमा मात्रीभुमि नेपालमा बस्नु हुने साथै सुखत भबिस्यको खोजिमा सन्सारको कुनै कुनामा पुग्नु भएका सम्पुर्ण नेपाली दाजु भाइ दिदी बैहिनीलाइ हार्दिक मङलमय सुभकामना ब्यक्त गर्दछु साथी सुख समृद्धि उत्तर उत्तर प्रगतिको कामना गर्दछु धन्यवाद
https://m.facebook.com/%E0%A4%AE%E0%A5%87%E0%A4%B0%E0%A5%8B-%E0%A4%AE%E0%A4%A8%E0%A4%95%E0%A5%8B-%E0%A4%AD%E0%A4%BE%E0%A4%B5%E0%A4%A8%E0%A4%BE-406065939502085/
टाउको भरि तेल होस
घरमा लक्षमीको बाँस होस
खल्ति मा पैसाको रास होस
कहिले पिडा नहोस
देउसी भैलि खेल होस
हिन्दुहरुको महान चाड तिहारको शुभ अवसरमा मात्रीभुमि नेपालमा बस्नु हुने साथै सुखत भबिस्यको खोजिमा सन्सारको कुनै कुनामा पुग्नु भएका सम्पुर्ण नेपाली दाजु भाइ दिदी बैहिनीलाइ हार्दिक मङलमय सुभकामना ब्यक्त गर्दछु साथी सुख समृद्धि उत्तर उत्तर प्रगतिको कामना गर्दछु धन्यवाद
https://m.facebook.com/%E0%A4%AE%E0%A5%87%E0%A4%B0%E0%A5%8B-%E0%A4%AE%E0%A4%A8%E0%A4%95%E0%A5%8B-%E0%A4%AD%E0%A4%BE%E0%A4%B5%E0%A4%A8%E0%A4%BE-406065939502085/
Subscribe to:
Posts (Atom)